नियम ४४
कबुलियती वनको संरक्षण
(१) कबुलियती वनको संरक्षणको व्यवस्था पट्टावाला आफँैले गर्नु पर्नेछ । (२) पट्टावालाले कबुलियती वनको संरक्षणको लागि कुनै सहयोग मागेमा जिल्ला वन अधिकृतले उपयुक्त सहयोग प्रदान गर्नुका साथै अन्य निकायलाई सहयोगका लागि सिफारिस गरिदिनु पर्नेछ ।